पागल

पागल

कथित पागल पुर्ण हाे,उ सम्पूर्ण हाे
के तपाईमा एक्लै खुशी हुने क्षमता छ?
के तपाई एक्लै मुस्कुराउन सक्नुहुन्छ?
कोही सक्छ भने त्यो कथित पागल हो।
त्यसाेभए उ कसरी पागल भयो?
के खुशी हुनुलाई विज्ञानले खराब भन्दछ?
के मुस्कुराउनुलाई मेडिकल सायिन्सले राेग भन्न सक्छ?
म भन्छु कथित पागल अभुतपुर्व व्याक्ति हाे
उ पुर्ण हाे । उ सम्पुर्ण हो ।
न त उसले भौतिक्ता रोजेको छ,न त पर्तिस्पर्धा
उ अाफैमा सन्तुष्ट छ र पुर्ण पनि
त्यसोभए उ कसरी कथित पागल भयो?
उसले सम्पुर्ण अाकाशलाई छानाे बनायो
धर्तीलाई पलाङ।न नाम राेज्याे न दाम।
अनि उ कसरी कथित पागल भयाे?
उसले न त जात भन्यो न त धर्म
न त विभेद गर्याे न त युद्ध ।
अनि उ कसरी कथित पागल भयाे?
कथित पागलकाे नक्कल गर्ने चलचित्रकाे नायक कथित हिराे हुने अनि त्यही कथित पागल चाहिँ हिराे किन नहुने?
के भाैतिक्तालाई त्याग्नुनै पागलपन हाे?
के शान्ति रोज्नु र शान्ति खोज्नुनै पागलपन हो?
के कारणविहिन मुस्कानले नै पागलपन लाई परिभाषित गर्न सक्छ ?
नत्र उ कसरी कथित पागल भयो?
र कुन परिभाषा र तर्कले हामी कथित सज्जन भयौं ?
के अल्पसंख्यक सधै गलत हुन्छ भन्ने कुनै अाधार छ?
नत्र उ कसरी कथित पागल भयाे?
भनिदिनुहाेस् न के अापसमा युद्ध गर्ने कथित सज्जन हुन ?
के विभेदकारी र पक्षपातिहरु कथित सज्जन हुन ?
के अरुविना हास्नपनि नसक्नेहरु कथित सज्जन हुन?
के भ्रष्टाचारी र चाेरडाकाहरु कथित सज्जन हुन ?
अरुको अपमान गरेर अाफुलाई सज्जन भन्न मिल्छ?
त्यसाेभए उ कसरी कथित पागल भयाे?
एकपटक उसलाई साेध्नुभएकाे छ- उसको विचार के छ? उ के चाहान्छ? र उ के गर्दै छ?
त्यसाेभए उ कसरी कथित पागल भयाे?
के उसले विवहा गर्न स्वाभिमान बेचेको छ?
के उसले पदकाे लाेभमा देश बेचेको छ?
के उसले अान्दोलनका नाममा मानवता बेचेको छ?
के उसले मित्रता बेचेको छ?
अनि उ कसरी कथित पागल भयाे?
कथित पागल पुर्ण हाे,उ सम्पूर्ण हाे।
अाफ्नाे ज्ञान बाड्न वातावरण खाेज्दै गरेको एक निर्दाेष अभियानकर्ता हाे।
कथित पागल पुर्ण हाे,उ सम्पूर्ण हाे
के जातकाे राजनीति गर्नेहरु कथित सज्जन हुन ?
के धर्म किन्ने र बेच्नेहरु कथित सज्जन हुन ?
अनि उ कसरी कथित पागल भयाे??
-रमेश अधिकारी

Posted from WordPress for Android

Published by Ryadiff

Poet, Novelist, Engineer, Nature-lover

Leave a comment